शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घट्यो


साताको अन्तिम कारोबार दिन शुकबार सुनको भाउ तोलाको २ हजार रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २ हजार रुपैयाँले घटेको हो ।

शुकबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव १६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।