छ्याङदी हाइड्रोपावरको नाफा साढे २७ प्रतिशतले बढ्यो

0
Shares

छ्याङदी हाइड्रोपावर (CHL) को नाफा २७.६१ प्रतिशतले बढेको छ। विद्युत बिक्री आम्दानीेसँगै अन्य आम्दानी पनि बढ्दा छ्याङ्दी हाइड्रोपावरको नाफामा सुधार आएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा हाइड्रोपावरले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२८ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसाले बढेर ९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.८० गुणा रहेको छ। हाइड्रोपावरको जगेडा कोष जगेडा कोष पनि २१.६० प्रतिशतले घटेर १ करोड ३४ लाख ७६ रुपैयाँमा सीमित हुँदा प्रतिशेयर नेटवर्थ भने १०४ रुपैयाँ ७५ पैसा छ।

समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी १०.८३ प्रतिशत (३५ लाख रुपैयाँ) बढेर ३ करोड ५७ लाख ५६ हजार रुपैयाँमा आएको छ। हाइड्रोपावरको सञ्चालन नाफा १६.३५ प्रतिशतले वृद्धि हुँदा ३ करोड १४ लाख ९३ हजार रुपैयाँ पुगेको छ।

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको कार्य तालिका अनुसार कार्ययोजना बनाई निर्माणको विकासक्रमलाई तिव्रता दिइरहेको जनाएको छ। यद्यपी आयोजनाको निर्माण सम्पन्न गर्न चुनौती भइरहेको समेत छ्याङदीले वित्तीय विवरणमा उल्लेख गरेको छ।