एन आई सी एशियाको भ्यालेन्टाइन डेमा MoBank प्रयोगकर्तालाई डिनर अफर


एन आई सी बैंकले भ्यालेन्टाइन डेलाई लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप MoBank मार्फत कारोबार गर्ने सेवाग्राहीलाई होटल सोल्टी क्राउन प्लाजामा निःशुल्क डिनरको अफर ल्याएको छ ।

११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेको अवधिमा आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप MoBank बाट कारोबार गर्ने २० जनाले प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै भ्यालेन्टाइन डे का दिन सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।

बैंकको मोबाईल बैंकिङ्ग एप MoBank मार्फत क्यू आर पेमेण्ट, बिजुलीको बिल भुत्तानी, मोबाइल टपअप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्नेहरुमध्येबाट २० जनालाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने बैंकले जनाएको छ ।

इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । अफरका विजेताहरुको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा विजेतालाई फोनमार्फत जानकारी दिने जनाएको छ ।

यो योजनाले सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको छ ।

बैंकको MoBank मार्फत एनटीसी तथा एनसेल मोबाइल टपअप गर्दा ३ प्रतिशत क्यास व्याक, तथा हरेक बुधबार अनलाइन प्लेटफर्म दराजबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैंयासम्मको क्यास व्याक, हरेक शुक्रबार ह्याप्पी आवर अन्तरगत एप मार्फत भुक्तानी गर्दा १०० रुपैंयासम्म क्यास व्याक का साथै सामसुङ ग्यालेक्सी एस १० प्लस तथा नोट १० प्लस खरिद गर्दा ३ हजार रुपैंयासम्मको छुट दिँदै आएको छ ।