कालिका पावरको साधारण सभा आह्वान

0
Shares

कालिका पावर कम्पनी लिमिटेडले फागुन ८ गते बिहीबार आव २०७५/७६ को वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो।

साधारण सभाका लागि कम्पनीले माघ २६ गतेदेखि बुकक्लाज गर्ने निर्णय गरेको हो। यसअनुसार माघ २३ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा सहभागि हुन पाउनेछ।

साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफल गरि पारित गर्ने, नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण स्वीकृत गर्ने, आव ०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा राखिएका छन्।