दुई बैंकको एक करोड ४६ लाख २५ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बैंकको एक करोड ४६ लाख २५ हजार ३२९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ कित्ता तथा मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।

उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आउनसाथ दोस्रो बजारमा खरिदबिक्री गर्न पाइनेछ ।

सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने मुक्तिनाथ विकास बैंकले १७.६० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार  १४ : ४३ बजे