विद्युत बिक्री आय बढेसँगै राधी विद्युतको नाफामा सुधार

0
Shares

राधी विद्युत कम्पनी (RADHI) को नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ७६ लाख ५० हजार रुपैयाँले बढेको छ।

गत आवको पुससम्ममा ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा ४ करोड ३४ लाख रुपैयाँ पुगेको हो। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको खुद नाफा सुधारिएको हो ।

कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले कमाएको आम्दानी गत आवको यसै अवधिको तुलनामा ७.५१ प्रतिशत धेरै हो। सो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो।

चुक्ता पूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३७ पैसा रहेको छ । जगेडा कोषमा १५ करोड ३२ लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ८.४९ गुणा छ ।