गोरखाको पुस्तकालय पुनरनिर्माणका लागि मनकामना दर्शनको आर्थिक सहयोग


गोरखाको तीनधारेमा पुननिर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो ।

भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भइरहेको हो ।