जनसेवी र स्वाभिमानको आईपिओमा ओइरिए लगानीकर्ता

0
Shares

बैशाख २७ गते खुला भएको एक घण्टा अगाबै मागभन्दा उच्च आवेदन परेको जनसेवी र स्वाभिमानको आईपिओमा लगानीकर्ताहरुको ओइरो नै लागेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबारसम्म दुई लाख आवेदकबाट ३६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ भने स्वाभिमान माइक्रोफाइनान्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ लाख ९१ हजार वटा आवेदनबाट ३५ करोड तीन लाख बढी कित्ताका माग परेको छ ।

जनसेवीले समूहिक लगानी कोष र कर्मचारीहरुलाई छुट्टाएर सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता र स्वाभिमानले एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा आवेदन माग गरेको हो ।

दुबै लघुवित्तको र्आपिओ न्यूनतम १० कित्ताको आवेदन नै प्रयाप्त हुने देखिन्छ । मेरो शेयर तथा सि आश्वा सदस्यता लिएका लगानीकर्ताको बैंक खाता रहेको बैंकबाटै दुबै लघुवित्तको आईपिओ भर्न सकिन्छ । आईपिओमा आवेदन दिने अन्तिम दिन बैशाख ३१ गते रहेको छ ।