हकप्रदको पछि कुद्दा अपिको शेयरमूल्यमा सर्किट, बिक्रीकर्ता शुन्य

0
Shares

नेपाल धितोपत्र बोर्डले चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद बिक्री अनुमति दिएपछि अपि पावर कम्पनी (API) को शेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ।

कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेकोमा विद्युत नियमन आयोगको स्वीकृति अनुसार ४७ प्रतिशत मात्र हकप्रद जारी गर्न अनुमति दिएपछि कम्पनीको शेयर एक घण्टामा नै बढेर सकारात्मक सर्किट लागेको छ। कारोबारको २ घण्टा अवधिसम्ममा कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले बढेर १४८ रुपैयाँमा पुगेको छ ।

ब्रोकर नम्बर २५ ले सबैभन्दा धेरै ६३ हजार बढी कित्ता खरीद गरेको छ । नेप्सेको मार्केट डेप्थमा १ लाख ४७ हजार १७३ कित्ता माग छ भने बिक्री गर्ने लगानीकर्ता शुन्य रहेको छ । अपि पावरको सर्किट मूल्यमा नै ६२ हजार ७८९ कित्ता खरीद माग देखिएको छ ।