कञ्चन डेभलपमेन्ट बैंकको नाफा ५ करोड ५२ लाख


कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ५२ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा एक करोड ५३ लाख रुपैयाँ अर्थात ३८.४७ प्रतिशतले वढेको हो ।

गत आवको ९ महिनामा बैंकले तीन करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको ९ महिनामा खराब कर्जा मार्फत तीन करोड ३८ लाख फिर्ता ल्याउदा नाफा वढेको हो ।

हाल चुक्त पूँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा ११ करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।
चैत मसान्तसम्मा ५ अर्ब ८ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चार अर्ब ४७ करोड ३१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यो अवधिमा बैंकले १७ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४ करोड ३२ लाख रुपैयाँले वढेको हो । गत वर्षको यसै अवधिमा बैंकले १२ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस त्रैमासमा बैंकको सञ्चालन नाफामा भने कमी आएको छ । गत आवको सोही अवधिमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष बैंकले ५ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात १.८३ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६ पैसा छ ।