बैंक अफ काठमाण्डूले संचालनमा ल्यायो भिसा नगद फिर्ता योजना

0
Shares

बैंक अफ काठमाण्डू (BOKL) ले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

बैंकका कार्ड बाहक ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पस तथा ई कमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् ।

जस अन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा पस कारोबार गर्दा २५० नगद फिर्ता पाउने तथा कम्तीमा २ वटा ई कमर्श कारोबार गर्दा २५० नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय रुपैयाँ वा सो भन्दा बढि हुनुपर्ने बैंकको भनाई छ। । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन बैंकले आफ्ना ग्राहकलाई आग्रह गरेको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।