८६ प्रतिशत बोनस घोषणा गरेको सगरमाथा इन्स्योरेन्सको यस्तो छ प्रगति

0
Shares

सगरमाथा इन्स्योरेन्सले यस आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ नाफा गरेर ४२ रुपैयाँ ५७ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको इपिएस ४१ पैसाले मात्र बढेको हो।

कम्पनीको पूँजी स्थिर छ । गत आर्थिक  वर्षको कमाईबाट उसले ८६ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस समायोजन पश्चात कम्पनीको प्रतिशेयर आम्दानीमा कमी आउने देखिन्छ ।

कम्पनीले यसअवधिमा ८३ करोड ६१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष ६५ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट २० करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा एक लाख बढी बीमालेख जारी गरेको छ ।

चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँमा स्थिर रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड ९८ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडामा ८ करोड ५ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ३३५ रुपैयाँ ७८ पैसा र मुल्यआम्दानी अनुपात ३१.८२ गुणा बढी छ ।