छयाङ्दी हाइड्रोपावरले बढायो नाफा

0
Shares

छयाङ्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसैअवधिको तुलनामा ४५ प्रतिशत अर्थात २२ लाख १२ हजार रुपैयाँले खुद नाफा बढाएको छ।

कम्पनीले चैत मसान्तसम्ममा ७१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावरले ४९ लाख २६ हजार खुद नाफा कमाएको थियो।

हाइड्रोपावरको बिद्युत बिक्री आय घटेको छ। गत आवको यसै अवधिमा हाइड्रोपावरले ४ करोड १५ लाख रुपैयाँ बिद्युत बिक्री मार्फत आर्जन गरेको छ। त्यस्तै हाइड्रोपावरले यस अवधिमा तीन करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।

२७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ४१ लाख सञ्चित छ। हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २३ पैसा छ। मूल्य आम्दानी अनुपात ३८.२० गुणा छ ।