राष्ट्रिय वाणिज्य बैंकको सुनसरीस्थित पानवारी शाखा सञ्चालनमा


राष्ट्रिय वाणिज्य बैंकको प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ पानवारी शाखाबाट सेवा सुरु भएको छ । नयाँ शखा बिस्तारसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग कार्यालय सञ्चालनमा छन् ।