नेपाल इन्स्योरेन्स र महिला सहयात्राको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। दुबै कम्पनीले गत आवको मुनाफाबाट वितरण गरेको बोनसको बुकक्लोजसँगै शेयरमूल्य सुमायोजन भएको हो।

समायोजित शेयरमूल्य अनुसार नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को ५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता ३८६.१९ रुपैयाँ र महिला सहयात्रा लघुवित्त (MSMBS) को १० प्रतिशत बोनस पश्चात ६८२.७३ रुपैयाँ निधाएरण गरिएको छ ।

मंगलबार दुबै कम्पनीको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।

र यो पनि पढ्नुहोस्…

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १० : २५ बजे