सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच छुट सम्झौता


सिद्धार्थ बैंक र काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलका बिचमा बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२५ सम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिंदा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।