सांग्रिला डेभलपमेन्ट बैंकले हस्तान्तरण गर्यो डोनेशन बक्स


सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त मन्दिरलाई डानेशन बक्स हस्तान्तरण गरेको हो ।

उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई डोनेशन बक्स हस्तान्तरण गरेका हुन् ।

बैैंकले ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको विज्ञप्तिमा उल्लेख छ ।