सिटिजन्स बैंकको सुर्खेत शाखा आफ्नै भवनमा स्थानान्तरण


सिटिजन्स बैंक इन्टरनेसनलको सुर्खेत शाखा स्थान्तरण भएको छ ।

बैंकले हाल सञ्चालनमा रहेको सुर्खेत शाखालाई ५०० मिटर दक्षिण पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका स्थित आफ्नै भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ ।

उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेतबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जनाएको छ ।

बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय पनि सोही शाखामा सञ्चालन गर्नेछ ।