नेपालमा भेटिएका कोरोना सङ्क्रमित व्यक्ति को हुन् ? उनीसँगै विमानमा आएका अन्य यात्रीको खोजी हुँदै

0
Shares

नेपालमा कोराना भाइरस (कोभिड १९) को बिरामी भेटिएको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको पुष्टि गरेको हो।

मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चैत ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटीएको जनाएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट फर्केका नागरिकसँग भेटिएका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

विभिन्‍न मितिमा विदेशबाट आएका ७१ जना हाल भक्तपुरस्थित खरिपाटी क्‍वारेन्टाइनमा राखिएको छ।

नेपालमाा कोरोना भाइरस पोजेटिभ देखिएको यी दोस्रो संक्रमित हुन्।

यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड- १९ देखिएको थियो। ती युवक अहिले निको भइसकेका छन्।

नेपालमा भेटिएका कोराना सङ्क्रमित व्यक्ति को हुन् ?

सङ्क्रमण भएको पुष्टि भएकी व्यक्ति १९ वर्षकी भएको जानकारी सरकारले दिएको छ। युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएको बताइएको छ।

ती महिला ४ चैतमा नेपाल आएकी थिइन्। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी र हिजो, ९ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

नेपाल आएपछि उनी घरमै क्वारन्टीन अर्थात् एकान्तवासमा थिइन्। सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ।

उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए। उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।