कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा सचेतनाका लागि कहाँ के-के भइरहेको छ ? (फोटो कथा)

0
Shares

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा सोमबारदेखि शुरू गरिएको विशेष कोरोना स्वास्थ्य सतर्कताअनुरुप अस्पताल आउने नयाँ पुराना बिरामी एवंं आफन्तलगायतका व्यक्तिलाई (पिपिइ) व्यक्तिगत सुरक्षा सामग्री लगाएतका स्वास्थ्यकर्मीले इन्फारेड थर्मोमिटर प्रयोग गरी ज्वरो मापन गर्दै । तस्वीर : जमुनावर्षा शर्मा

 

कैलालीको त्रिनगर भन्सार नाकामा नेपाल भित्रिइरहेका व्यक्तिको स्वास्थ्य परिक्षण गर्दै नेपाली सेनाका जवान । तस्वीर: मीन ठकुरी


कोरना भाइरसको सङ्क्रमणबाट सजग रहन विभिन्न संघ/संस्थामा पुगेर मास्क वितरण गर्दै तरुण दल रामपुरको टोली । तरुण दलले विभिन्न संघ/संस्था स्थानमा पुगेर भाइरसबारे सजग रहन सचेतनामूलक कार्यक्रम गरी मास्क वितरण गरिरहेको छ । तस्वीर : सुशीला रेग्मी


काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ बुढाखानीमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्वीर : महाभारत गाउँपालिका

 

राजधानी सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गर्न थालेका क्वारेन्टाईन मिलाउन एक ठाउँबाट अर्कोमा सार्दै नेपाली सेनाका जवानहरु । उत्तरपश्चिम पृतना हेड्क्वार्टर सुर्खेतले एकसय भन्दा बढी क्वारेन्टाईनहरु निर्माण गरेको छ । तस्वीर: शुरबहादुर सिंह

नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ बेडको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको छ । आइसोलेसन कक्ष स्थापना गरिएपछि यहाँका जनताहरु खुशी भएका छन । तस्वीर : अरुणकुमार यादव

कैलालीको अत्तरियामा गोदावरी नगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्कमा ज्वरो जाँच गर्दै ट्राफिट प्रहरी । तस्वीर: मीन ठकुरी

नेपाल–भारत सीमा नाका बन्द गरिएपछि सोमबार बिहान कञ्चनपुरको गड्डाचौकी नाका पानीले सफाइ गरिँदै । तस्वीर : शेरबहादुर सिंह

‘कोभिड १९’ को सम्भावित जोखिमबाट बच्न मेलम्ची नगरपालिकाले व्यवस्था गरेको साबुन पानीले हात धुन्दै स्थानीयवासी । तस्वीर:देवराज सुवेदी

प्रदेश नं ५ र गण्डकी प्रदेशको सिमाना कालीगण्डकीको केलादी पुलमा रामपुर नगरपालिकाले काठमाडौँबाट निःशुल्क बस सेवा सञ्चालन गरी रामपुर भित्र्याएका १५० जनालाई स्वास्थ्य परीक्षणपछि घर पठाउँदै । तस्वीर : सुशीला रेग्मी