एनएमबि बैंकको शेयर पनि आजदेखि नेप्सेमा किनबेच गर्न नपाइने !

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि एनएमबि बैंकको शेयर किनबेच गर्न नपाइने भएको छ । बैंकले ओम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो

बिहीबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता भएको थियो । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको छ ।

मर्जर प्रक्रिया समाप्त नहुँदासम्म बैंकको कारोबार रोक्का गरिएको हो । प्राइम कमर्शियल बैंकमा विलय हुने सम्झौता गरेदेखि ओमको शेयर कारोबार रोक्का छ । प्राइमसँगको प्रक्रिया भाँडिएपछि ओम एनएमबिमा पुगेको हो ।

 

ओम डेभलपमेण्ट बैंकको बोनस बितरण पछि मात्र एनएमबीसँग मर्जर हुने