एटिएममा नेपाली भाषा अनिवार्य


नेपाल राष्ट्र बैंकले एटिएम सेवामा नेपाली भाषा पनि अनिवार्य गरेको छ । केन्द्रीय बैंकले आइतवार सुचना जारी गर्दै एटिएममा नेपाली भाषाको प्रयोग नगरेका बैंक वित्तीय संस्थाले आगामी एक महिना भित्र अनिवार्य रुपमा नेपलाी भाषाको व्यवस्था गर्न भनेको हो ।

बंैक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नरहेको सेवाग्रहीको गुनासो आएपछि केन्द्रीय बैंकले अनिवार्य गर्न भनेको हो ।

केन्द्रीय बैंकले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र नेपाली भाषा सुविधा नभएका एटिएममा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाइ राष्ट्र बैंकलाइ लिखित जानकारी गराउन समेत निर्देशन दिएको छ ।

सो अवधी भित्र एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाएको नपाईएमा कारवाही गर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।