एनसेलको ‘स्टेहोम’ सिग्लन

0
Shares

दूरसञ्चार कम्पनीमध्येको दोस्रो ठूलो कम्पनी एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा ‘स्टेहोम’ अर्थात घरमै बसौं भन्ने सन्देश राख्न थालेको छ।  यस्तो सन्देश यसअघि स्मार्टफोनको नेटवर्क सिग्नल देखिने ठाउँमा देख्न सकिन्छ।

सरकारले लकडाउन गरेको पाँचौं दिनमा टेलिकम कम्पनीहरुले पनि आफ्ना ग्राहकलाई सामाजिक दुरी कायम राख्न प्रोत्साहन गर्न थालेका हुन्।

स्मार्टफोनको प्रकेति अनुसार फरक फरक विषेशता हुने भएकाले सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा भने यस्तो सन्देश नदेखिन सक्ने एनसेलले जनाएको छ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरस महामारी संकटबाट साँझ ५:४५ बजेसम्म २८ हजार २४० जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि शनिबार एक सहित संक्रमितको संख्या ५ पुगेको छ। जसमध्ये १ जना उचारपछि घर फर्किएको अवस्था छ।