कोरोना विरुद्धको औषधिको मानवीय परिक्षण शुरु

0
Shares

 कोरोना भाइरसको उपचारको लागि पहिलो पटक आधिकारिक रुपमा औषधिको मानविय परिक्षण गरिएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार नर्वे र स्पेनमा यस्तो परिक्षण शुरु गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग शुरु गरेको हो । ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण एचआइभी एड्सको औषधिकोरुपमा प्रयोग गरिने लोपिनाभिर र रिटोनाभिरहरुलाई परिक्षणको रुपमा प्रयोग गरिएको हो ।

क्लोरोक्वाइन र यसको डेरिभेटिभ औषधि हाइड्रोक्सिक्लोरोक्वाइन दशकौँदेखि प्रयोगमा रहँदै आएका औषधि हुन् । कोरोना भाइरसमा यिनीहरुको प्रभावकारिताबारे फ्रान्समा गरिएको एउटा अध्ययनमा केहि सकारात्मक लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठन थप परिक्षणका लागि उत्साहित बनेको हो ।

डब्लूएचओका नयाँ रोग हेर्ने विभागका प्रमुख डाक्टर मारिया भाङ केकोहोभले अहिलेसम्म कुनै पनि औषधिको पुनः परिक्षण नसकिएको र सबै औषधिहरु क्लिनिकल ट्रायल जारी रहेको शुक्रवार सम्वाददाताहरुलाई बताएको सिएनबीसीले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले कोरोना भाइरस विरुद्ध कुनै औषधि प्रमाणित नभईसकेको हुनाले जथाभावीरुपमा गरिदै आएका प्रयोगहरुलाई रोक्न अनुरोध गरिरहेका छन् । तर उनीहरुले कुनै निश्चित औषधिको नाम भने सो क्रममा लिएनन् ।

एबलूएचओका अधिकारीहरुले कोरोना भाइरस विरुद्धको खोप तयार गर्न अझै पनि १२ देखि १८ महिना लाग्ने जनाउदै आएका छन् । नयाँ खोपको विकासका लागि उनीहरुले कोरोना भाइरसको अध्यन गरेर त्यसको बाहिरी पत्रलाई असर गर्ने खालका जेनेटिक मेटेरियलहरुको निर्माण गरिरहेको बताएका छन् ।