सरकारले दोस्रो चरणमा ८ दिनका लागि लकडाउन थप्यो


नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको पहिलो चरणको लक डाउन ६ दिन नवित्दै दोस्रो चरणको एक साता थप गरेको छ । सरकारले कोरोना संक्रमित विरामीको संख्या वढ्दै गएपछि लकडाउनको अवधि पनि लम्बाएको हो ।

पहिलो चरणको लकडाउन सोमबार सकिन्छ । देशमा कोरोना भाइसर संक्रमण भएका बिरामीको सङख्या पाँच जना पुगेका छन । संक्रमण देखिएका पाँचै जना विदेशबाट आएका नेपाली नागरिक हुन । उच्चस्तरीय समन्वय समितिको सीफारिसमा मन्त्रीपरिषदले थप सात दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
भारत सरकारले पनि शुक्रबार थप २१ दिनका लागि देशभरी लक डाउनको घोषण गरेको छ । भारतमा लक डाउन गरीएको अवस्थामा नेपालमा पनि विरमीको संख्या वढ्न थालेपनि समितिले लकठाउनको अवधि थप गर्न मन्त्री परिषदलाइ सिफारीस गरेको हो ।