आज नयाँ सङ्क्रमित छैनन् :स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराएका हुन ।

उनले भने, “भारतबाट आएका एक व्यक्तिमा कोभिड–१९ भएको हल्ला साँचो नभएको भन्दै सत्यता बुझेर मात्रै सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि सबैलाई आग्रह छ ।”

नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति उपचारपछि ठीक भएर घर फर्किसकेका छन। दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुन । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन । उहाँमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बागलुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार एक हजार २७७ मा परीक्षण गरिएको जानकारी दिए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धनगढी, पोखरा, धरान, हेटौँडा, जनकपुर र सुर्खेतबाट पनि परीक्षण शुरु गरेको पनि बताए । यसरी उपत्यका बाहिरबाट परीक्षण कार्य गर्दा आशङ्कामा रहेका धेरैलाई समेट्न सकिने उनको भनाइ थियो ।

छैटौँ सङ्क्रमित व्यक्ति बागलुङकी महिला हुन । उनी चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

आइसोलेशनमा आजसम्म देशभरिमा १२० उपचारत छन । जसमा उपत्यकामा १५ र बाँकी उपत्यका बाहिर उपचारत छन । उनका अनुसार दुई कल सेन्टरमा तीन हजार ५०२ को सम्बोधन गरिएको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिइ खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताए ।

कैलाली र कञ्चनपुरमा ९२ जना क्वारेन्टाइनमा रहेका व्यक्तिको नमूना परीक्षणको क्रममा रहेको पनि मन्त्रालयले जानकारी गराएको छ । मोबाइल एप्समा आजसम्म पाँच हजार ६०० ले समस्या बताएका छन् । त्यसमध्ये १०७ रेड रोनमा रहेको पनि बताइएको छ ।