सानिमा बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट


सानिमा बैंक र दराज केमू प्रा. लि. बीच अनलाइन सामान खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

अनलाइन शपिङ प्लेटफर्म दराज डटकमडटएनपीबाट ‘BigMart’ मा उपलब्ध हुने हरेक सामानको खरिदमा १० प्रतिशत वा ५ सय रुपैंयासम्म छुट पाइनेछ ।

यसका लागि सानिमा बैंकका डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्नु पर्ने हुन्छ । १ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिदमा निशुल्क होम डेलिभरीको व्यवस्था गरिएको बताइएको छ ।

योजना चैत्र २६ गतेसम्म लागू हुनेछ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।