मोबाइलमा प्रभु टिभिले एक महिना सबै च्यानल सित्तैमा दिने


लकडाउनलाई मध्यनर गर्दै प्रभु टिभिले मोबाइल एपमा सित्तैमा टिभि हेर्न पाइने अफर ल्याएको छ ।

घरमा बसेर मोबाइलमा नै सबै च्यानलहरु हेर्न सकिने गरी प्रभु टिभिले यस्तो अफर ल्याएको हो ।

लकडाउनका बेला मनोरञ्जन तथा नयाँ सूचनाको जानकारी दिने उद्देश्यले एनसेलसँगको साँझेदारीमा प्रभु टिभिले यस्तो अफर ल्याएको हो ।

एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको सबै च्यानलहरु एक महिनासम्म सित्तैमा हेर्न पाउने बताइएको छ ।

एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको मोबाइल वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ ।

सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।