साढे १५ लाख कोरोना संक्रमितमध्ये ९१ हजार बढीको ज्यान गयो, ४८ हजारको अवस्था संवेदनशिल

0
Shares

 

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये बिहीबार राति १० बजेसम्म ९१ हजार ७०९ को ज्यान भएको छ भने कूल १५ लाख ५० हजार बढी यस रोगबाट शिकार भएका छन्।

अझैपनि संक्रमित भएका ११ लाख १३ हजार ८२६ मानिस मध्ये ४८ हजार ४५० को अवस्था स्रवेदनशिल रहेको छ भने १० लाख ६५ हजार ३७६ को अवस्था समान्य रहेको छ। यस अवधिमा ३ लाख ४४ हजार ७९४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

दुई सय एघार देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट आजै मात्र ३ हजार २५४ जनाको ज्यान भएको हो भने ३२ हजार ३६९ नयाँ व्यक्तिमा यो सक्रमण फैलिएको छ। अमेरिका स्पेन, इटाली, इरान बेल्जियम, रसिया, र नेदल्याण्डमा सबैभन्दा धेरै नयाँ संक्रमित देखा परेका छन्। यी देशमा अधिकतम ५ हजार ५०० देखि १ हजारसम्म बढी संक्रमित देखा परेका हुन्।

बिहीबार राति १० बजेसम्म शक्तिशाली राष्ट्र अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख४० नाघेको छ। स्पेनमा १ लाख ५२ हजार, इटाली १ लाख ४३ हजार, जर्मनी १ लाख १४ हजार, फ्रान्समा १ लाख १३ हजार, चीन ८१ हजार , इरान ६६ हजार, बेलायत ६० हजार, टर्की ३८ हजार, बेल्जियम २४ हजार, स्वीजरल्याण्ड २३ हजार, नेदरल्याण्ड २१ हजार, क्यानडा १९ हजार, ब्राजिल १६ हजार, पोर्चुगल १४ हजार, अष्ट्रिया १३ हजार, र दक्षिण कोरीया र रसियामा १० हजार बढी व्यक्तिमा कोभिड १९ को संक्रमण फैलिएको वल्डमिटरले जनाएको छ।

इटालीमा सबैभन्दा धेरै कूल १८ हजार २७९ बढीको ज्यान गएको छ भने अमेरिकामा १५ हजार ८१२ जनाको ज्यान गएको छ । यस्तै स्पेनमा १५ हजार २३८, फ्रान्समा १० हजार ८६९, बेलायतमा ७ हजार ९७, इरानमा ४ हजार ११०, चीनमा ३ हजार ३३५३, बेल्जियममा २ हजार ५२३, नेदरल्याण्डमा २ हजार ३९६ जना, जर्मनी २ हजार ३४९ धेरैको ज्यान गएको छ ।

बिहीबार मात्रै विभिन्न देशमा गरि समाचार तयार पार्दासम्म ३ हजार २५४ जनाको ज्यान गएको छ जसमध्ये अमेरिकामा १ हजार २४ जनाले मृत्युवरण गरेका छन्। इटाली ६१०, स्पेन ४४६, बेल्जियम २८३, नेदरल्याण्ड १४८ इरान ११७, र स्वीडेनमा १०६ जनाको मृत्यु भएको छ।
छिमेकी राष्ट भारतमा ६ हजार ५८८ जनामा कोभिड १९ को पुष्टि भएकोमा बिहीबार २१ सहित १९९ जनाको मृत्यु भएको छ। ६७२ जना नयाँ संक्रमित फेला परेकोमा ५९८ जनामा यो रोग निको भएको छ। अझै ५ हजार ७९१ मा यो संक्रमण छ।

नेपालमा कूल २ हजार ८९५ वटा परीक्षण सम्पन्न हुँदा ९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएकोमा १ जनालाई निको भएको छ भने ८ जनामा अझै बाँकी रहेको छ। नेपालमा ७ हजार ५७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १३४ जना आइसोलेसनमा रहेका छन्।