लकडाउन १२ दिन थप बैशाख १५ गतेसम्म हुने


सरकारले लकडाउनको अवधि थप १२ दिन बढाएको छ । सरकारले मंगलबार वैशाख १५ गतेसम्म लकडान लम्बाउने निर्णय गरेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने भएको हो ।
मंगलबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो । भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । आज मंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ ।