सुलभ अग्रवाललाई अनुसान्धानका लागि थप ५ दिन थुनामा राख्न अनुमति

0
Shares

कोरोना भाइरसको महामारीका दौरान थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

शंकर ग्रुपका साथै जगदम्बा स्टील्सका सञ्चालक समेत रहेका अग्रवाललाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाण्डौंले दिएको जानकारी अनुसार प्रशासन कार्यालयले दोस्रो पटक म्याद थप गरेको हो । यस अघि उनलाई अनुसान्धान गर्नका लागि ७ दिनको म्याद थप गरिएको थियो ।

२ हजार ४५० रुपैंया पर्ने थर्मल गन १५ हजार रुपैंयाको दरमा बिक्री गर्न खाजे पछि उनी प्रहरीको फन्दामा परेका थिए ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।