नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सरकारी खाता १० कार्य दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम केन्द्रीय बैंकले सरकारी कारोबार गर्न ईजाजतपत्र पाएका वाणिज्य बैंकमा सञ्चालनमा रहेका संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहका विभिन्न समूहका खाताहरु अद्यावधिक गर्न मंगलवार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
सरकारले जेठ १५ गते वजेट सार्वजनिक गर्ने समय नजिकिदै गर्दासम्म पनि प्रदेश तथा स्थानिय तहले सरकारी खाता समयमा नखोल्दा र वाणिज्य बैंकले अद्यावधिक गर्न ढिलाइ गरेपछि असर पर्ने भन्दै केन्द्रीय बैकले परिपत्र गरेको हो ।
यसअघि गत पुस २७ गते परिपत्र गरेपनि हालसम्म ती खाताहरु अद्यावधिक गरी कार्यान्वयन नगरेको भन्दै केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ अनुसार छिटो गर्न दबाब दिएको छ । सरकारले उक्त निर्देशिका गत असोन १७ गतेदेखि लागू गरेको थियो ।
महालेखा नियन्त्रक कार्यालयले गत चैत्र २७ गते केन्द्रीय बैंकलाई वाणिज्य बैंकहरुले निर्देशिका अनुसार सरकारी खाता अद्यावधिक गरे या नगरेको बारे अनुगमन गर्न पत्रमार्फत अनुरोध गरेको थियो । सोहि निर्देशन अनुसार विभागले क बर्गका वाणिज्य बैंकहरुलाइ सरकारी खाता अद्यावधिक गर्न ताकेता गरेको हो।










प्रतिक्रिया