कोरोनाबाट विश्वभर १ लाख ६५ हजारको मृत्यु, २४ लाख बढी सङ्क्रमित (अपडेट)

0
Shares

कोरोना भाइरस सङ्क्रमणका कारण सोमबार मह्यान्न १२ बजेसम्म विश्वभर एक लाख ६५ हजार ८३ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्यमन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर एक लाख ६५ हजार ८३ जनाको मृत्यु भएको छ भने कूल २४ लाख ७ हजार ६०० बढी यसबाट संक्रमित बनेका छन्। युरोप कोरोना भाइरस सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनी लगायत रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार ६६० जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ र बेलायतमा १६ हजार ६० जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै ७ लाख ६४ हजार २६५ जनामा यो संक्रमण देखा परेको छ भने स्पेनमा १ लाख ९८ हजार ६७४ जनामा फैलिएको छ। संक्रमणको आधारमा त्स्रो ठूलो देश इटाललीमा १ लाख ७८ हजारमा यो महामारी फैलँदा फ्रान्समा १ लाख ५२ हजार संक्रमित रहेका छन्।

यसैगरि जर्मनीमा १ लाख ४५ हजार, बेलायतमा १ लाख २० हजार, टर्की ८६ हजार, चीन र इरानमा ८२ हजार, रुसमा ४२ हजार, ब्राजिल र बेल्जियममा ३८ हजार, र क्यानडामा ३५ हजारमा यो संक्रमण फैलिएको छ।

छिमेकी मुलुक भारतमा संक्रमणको आधारमा १७ औं मुलुकको रुपमा देखा परेको छ। यहाँ १७ हजार ६१५ जनामा कोरना संक्रमण पुष्टि भएकोमा ५५९ जनाको ज्यान गएको छ।

नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म कसैको पनि मृत्यु भएको छैन भने ४ जना उपचारपछि घर फर्किसकेका छन्।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।