बाबुराम भट्टराईको टिप्पणी-‘ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासियो’

0
Shares

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको टिप्पणी गरेका छन् । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि डा। भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

डा. भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने कदम चालेको आरोप समेत लगाएका छन्।

सम्पूर्ण देश एकढिक्का भएर केरोना भाइरसबिरूद्ध लड्नुपर्ने समयमा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाणित भएको उनको तर्क छ ।

त्यसैगरी उनले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखे पनि यो गम्भीर अपराध भएको बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ । लोकतन्त्रका हत्यारादेखि सावधान १ ’