रोटरी क्लब अफ बाग्मतीद्धारा सरकारी अस्पताललाई तत्कालीन सहयोग हस्तान्तरण

0
Shares

रोटरी इन्टरनेसनल डिस्ट्रीक ३२९२ अन्तर्गत रोटरी क्लब अफ बाग्मतीले कोभिड १९ को महामारीको समयमा तत्कालीन सहयोगको लागि सरकार तथा अन्य सस्थाहरूलाई नि:शुल्क माक्स प्रदान गर्दै आएको छ ।

कोरोनाको महामारीको समयमा साबधानी अपनाउँदै सङ्क्रमण रोक्न सहयोग होस् भन्ने उद्देश्यले पन्द्र हजार सर्जिकल माक्स र चार सय एन ढछ माक्स निशुल्क बितरण गरेको क्लबका अध्यक्ष दिनेश बज्राचार्यले जानकारी दिए ।

क्लबले विभिन्न सरकारी अस्पताललाई गरी १५ हजार बढी सर्जिकल माक्स तथा ४०० एन९५ माक्स वितरण गरेको जनाएको छ।

यसै क्रममा पाटन अस्पतालमा पाँच हजार सर्जिकल माक्स र एक सय पचहत्तर वटा एन ढछ माक्स हस्तान्तरण गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा पाँच सय सर्जिकल माक्स र पचास वटा एन९५ माक्स हस्तान्तरण गरिएको छ।

त्यसैगरी स्वास्थ सेवा बिभागको महामारी शाखामा पाँच हजार सर्जिकल माक्स र एक सय पचहत्तर एन ढछ माक्स हस्तान्तरण गरिएको छ । वितरणकै क्रममा भुल्मु गाऊँ पालिका लाई दुई हजार सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ बाग्मतीले भुइचालो, आँधिबेरी लगायतका बिभिन्न आपतकालीन अबस्थामा सहयोग पुर्याउँदै आएको छ ।