रौतहटमा भेटिए थप २ जना कोभिड संक्रमित, कुल संख्या ५४ पुग्यो


रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ र ३५ वर्षका दुई युवकहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जानकारी अनुसार उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । जस मध्ये निको भएर घर फर्किनेको संख्या १६ छ ।
सबैभन्दा धेरै संक्रमित रहेको कोशी अस्पताल विराटनगरमा ३१ जनाको उपचार भैरहेको छ ।