लकडाउनकै बेला निम्बसले बिस्तार गर्यो उत्पादन तथा अनलाइन सेवा

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अबस्था निरन्तर रहिरहँदा निम्बस समुहले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्न विभिन्न उपायहरु प्रयोगमा ल्याउँदै आएको छ ।

गत चैत्र ९ बाट निम्बसले आफना ग्राहक वर्गलाइ सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nimbusbazar.com मार्फत अनलाइन अर्डरहरु लिन सुरु ग¥यो । सुरु दिनहरुमा निम्बसले सीमित मात्रामा दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराएको थियो । समयक्रमसँगै निम्बसले जनस्तरबाट ब्यापक प्रशंसा र सकारात्मक प्रतिक्रियाहरु पाउन थालेकोले कम्पनीलाई आफ्नो सेवालाई देशका विभिन्न भागमा बिस्तार गर्न र आपनो उत्पादनहरुको दायरा बढाउन हौसला प्राप्त गरेको छ ।

यसैले निम्बसले आफ्नो सेवालाई काठमाडौभित्र मात्र सीमित नगरी देशका अन्य भागमा पनि बिस्तार गर्ने उद्देश्यका साथ आफनो सेवा देशकै मुख्य ब्यापारिक केन्द्र बिरगन्जमा पनि बिस्तार गरिसकेको छ । यस्ता सेवालाई सहज र समयानुकुल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरुबाट अनलाइन भुक्तानी पनि प्रयोगमा ल्याउन थालेको छ ।

निम्बसले सधंै आफ्ना सेवाग्राहीहरुको सहजतालाई प्राथमिकतामा राखेको छ र सुरुवातदेखिनै न्युनतम अर्डर अनिवार्य गर्ने गरेको छैन । यसले ग्राहकहरुलाई आफूलाई आवश्यक पर्ने सामान मात्रै किन्ने छुट हुन्छ । निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्– “सेवाग्राहीहरुका लागि हामी सबै प्रक्रिया सहज बनाउन चाहन्छौँ र हाम्रोसेवा थप स्तरिय तथा व्यापक बनाउन हामी निरन्तर प्रयत्नशील छौं ।”

कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न कम्पनीले आफ्ना डेलिभरीका कर्मचारीसहित अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चितता गर्न सबै किसिमका कदमहरु चालेको छ । वितरण लगायतका सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बाराम्बार साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने बिषयमा निरन्तर प्रशिक्षण दिँदैं आएको छ ।

त्यस्तै, कर्मचारीहरुलाई मास्क, पिपिई ,पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै डेलिभरीको समयमा आवश्यक सामाजिक दुरी कायम गर्न सिकाइएको छ । साथै कम्पनीले आफ्ना सबै कर्मचारीहरुलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको छ ।