वनस्पति घ्यू तेल संघद्धारा कोरोना कोषमा २१ लाख सहयोग

0
Shares

नेपाल वनस्पति घ्यू तेल संघले कोरोना कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । संघले सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राहत स्वरुप उक्त रकम सहयोग गरेको हो ।

कोषमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीया समेतको प्रतिनिधी मण्डलले उक्त रकम प्रदान गरेको हो । सो अवसरमा उद्योग सचिव चन्द्रकुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा। वैकुण्ठ अर्याल समेतको उपस्थिति थियो ।

हालैका दिनहरुमा विश्वमा नै महामारीको रुपमा देखीएको कोराना भाईरसको कारण सारा विश्व नै स्तव्ध एंव लगभग बन्द हुन गएको र महामारीको संक्रमणबाट जोगाउन गरिएको लकडाउनबाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा बन्द हुन गएको छ ।