भारतमा सुन करिब शुन्य अवस्थामा, तीन दशक यता कै न्यून आयात

0
Shares

भारतमा यो वर्षको पछिल्ला महिनामा सुन आयात करिब शुन्य अवस्थामा पुगेको छ । विश्वमा सुन आयात गर्ने मुलुकहरुमा दोस्रो नम्बरमा पर्ने भारतमा कोरोना भाइरसको महामारीले सुनमा लगानी गर्ने लगानीकर्ताको आकर्षण समेत घटाएको हो ।

भारतमा समान्यतया अप्रिल तथा मे महिनामा विवाहको कार्यक्रम हुने महिनाको रुपमा लिइन्छ । त्यसका साथै अक्षय तृतीयाको दिन सुन किन्ने प्रचलन रहँदै आएको छ । तर, यो वर्ष कोरोना भाइरसको महामारीका कारण भारतमा सुनको आयात वार्षिक आधारमा ९९.९ प्रतिशतले घटेको हो ।

हिन्दु संस्कार अनुसार विवाहमा सुन किन्ने तथा अक्षय तृतीयामा पनि धेरै थोरै सुन किन्ने प्रचलन छ । त्यो समयमा पनि सुनको मागमा कमी आएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

रोयटर्सका अनुसार अप्रिल र मे महिनामा भारमा कूल ५० किलोग्राम मात्र सुन आयत गरिएको जनाएको छ। पैसामा मूल्याङ्कन गर्दा अप्रिल महिनामा भारतले २८.४ लाख डलर अर्थात २१.३० करोड भारतीय रुपैयाँ बराबरको सुन आयात गरेको छ । गत वर्षको सोही अवधिमा भारतले २९ हजार ७७५ करोड भारतीय रुपैयाँ बराबरको सुन आयनत गरेको थियो । गत वर्षको अप्रिलमा भारतले ११९.१८ टन सुन आयत गरेको थियो । यो वर्षको अप्रिलमा भारतले आयात गरेको सुन पछिल्लो तीन दशक यताकै न्यून आयात हो ।

भारत सरकराले कोरोना संक्रमण नियन्त्रणका लागि पछिल्लो ५४ दिनदेखि लकडाउन गरेको अवस्था छ । यो अवधिमा सुनको कारोबार पनि बन्द रहेको अवस्था छ । यो अवधिमा विवाह लगायतका परिवारिक तथा समाजिक कार्यक्रमहरु स्थगित गरिएका छन् । गरिएका समाजिक कायक्र्रममा पनि बिना कुनै तयारी सम्पन्न भएका छन्। यसकारण पनि भारतमा सुनको मागमा उल्लेख्य रुपमा कमी आएको हो । फलस्वरुप आयात पनि अत्याधिक घटेको हो ।

लकडाउनको अवधिमा सुनको माग निकै कम छ । तर, यस अवधिमा लगानीकर्ताका लागि सुन सुरक्षित लगानीको क्षेत्रको रुपमा देखा परेको छ । यो वर्ष सुनमा लगानी गर्ने लगानीकर्ताले १५ प्रतिशतको प्रतिफल दिएको अवस्था छ । जनवरी १ देखि आजसम्ममा प्रति १० ग्राम सुनको मूल्यमा करिब ६ हजार भारतीय रुपैयाँले बढेको छ ।

हाल एमसीएक्समा सुन ४५ हजार ५५३ भारतीय रुपैयाँ प्रति १० ग्राममा कारोबार भैरहेको छ । आगामी दिनमा पनि सुनको मूल्यमा अझै बढ्ने विज्ञहरुको विश्लेषण रहेको छ ।