तामाकोशी र मेलम्ची आयोजनाले आर्थिक वृद्धिदरमा असर


अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न नहुँदा आर्थिक वृद्धि दर कम भएको बताएका छन् ।

मेलम्ची र माथिल्लो तामाकोशी यसै वर्ष सम्पन्न भएको भए त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको प्रष्टोक्ति थियो । “ती आयोजना तोकिएको समयमा पूरा भएनन्, जसका कारण आर्थिक वृद्धिदरमा समेत प्रभाव प¥यो”, अर्थमन्त्रीले भने ।

अर्थमन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले सरकारले चालू आवमा ८.२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेपनि ठूला आयोजना समयमा सम्पन्न नहुदाँ आर्थिक वृद्धिमा संकुचन आउने बताएका हुन । तर, चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र मूल्यवृद्धि नियन्त्रणमा रहने उनको भनाई छ ।
सरकारले आगामी आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य निर्धारण गरिएको उल्लेख गर्दै उनले सरकारले स्वदेशी उद्योग तथा व्यवसायलाई जोगाउनका लागि संरक्षणकारी नीति अख्तियार गरेको बताए ।

आत्मनिर्भर हुने अवस्थामा पुगेका उद्योग तथा उत्पादनलाई बढावा दिन र त्यस्ता उद्योगको विकास र विस्तारका लागि त्यस्तो नीति लिएको हो । देशमा क्रमशः अनऔद्योगिकीकरणको अवस्था सिर्जना भएकाले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यस्तो नीति लिएको हो, उनले भने।

बजेटले केही वस्तुमा भन्सार शुल्क बढाइएको छ भने केही वस्तुमा अन्त शुल्कमा कडाइ गरिएको छ । केही वस्तुमा आत्मनिर्भर हुने अवस्थामा पुगेकाले उद्योगको प्रवद्र्धन र देशलाई अनऔद्योगीकरणबाट बचाउन त्यस्तो नीति अगाडि सारेको अर्थमन्त्रीको टिप्पणी छ ।

केही तयारी वस्तु तथा कच्च पदार्थको भन्सार दरमा अन्तर राख्दा त्यसले उपभोक्तालाई पनि समस्यामा नपार्ने र प्रतिस्पर्धा कायमै राख्न सकिने उल्लेख गर्नुभयो । प्रतिस्पर्धा र उपभोक्ताको अधिकारलाई पनि हेर्नुपर्ने भएकाले केही विषयमा जानी बुझिकन नै बजेटमा व्यवस्था गरेको उनको भनाइ छ ।

 

र्थमन्त्री डा. युवराज खतिवडाले आव २०७६÷७७ को बजेट बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेका थिए । सो बजेटमा केही वस्तुको आयातमा कडाइ गरिएको छ । त्यस्तो कडाइले स्वदेशी उद्योगलाई फाइदा पुग्ने र मुलुकको औद्योगीकरणमा पनि सहयोग पु¥याउनेछ।