एभरेष्ट बैंकका कर्मचारीले बितरण गरे ३० लाखको राहत सामग्री


एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेका छन् । राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको थियो ।

कोभिड १९ महामारीले थप गम्भीर रूपमा नकारात्मक प्रभाव पारेको भन्दै यसको अनिश्चित प्रभाव लामो समय सम्म देखिनुको साथै वित्तीय क्षेत्रमा अधिक अस्थिरताको रुप लिन सक्ने भन्दै सहयोग गरिएको बैंकका कर्मचारीले बताएका छन् । लकडाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेको उनीहरुको भनाई छ । एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ ।

एभरेष्ट बैंकले यस अघी पनि नेपाल सरकारको कोभिड राहत कोषमा १ करोड २ लाख रकम जम्मा गरिसकेको छ ।

सर्वोत्कृट वाणिज्य बैंक २०१९ बाट पुरस्कृत भएको एभरेष्ट बैंकले ११ लाख भन्दा धेरैलाई बैंकिगं सेवा प्रदान गर्दै आएको छ । हालसालै गरिएको क्यामेल रेटिङ्गमा वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा एभरेष्ट बैंक छनौट भएको छ । ९५ शाखा, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा रहेको एटीएम बुथबाट बैंकले सेवा दिँदै आएको छ ।