नयाँ नेपाल लघुवित्तको आकर्षक प्रगति

0
Shares

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (NNLB) ले आकर्षक प्रगति गरेको छ। लघुवित्तले चैत मसान्तसम्मको ९ महिना अवधिमा १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा उसले ८३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा प्रतिशतले खुद नाफा ९६ प्रतिशत धेरैले बढाएको हो।

चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २१.६३ रुपैयाँ कायम भएको छ। नाफा बढेसँगै गत आवको तुलनामा लघुवित्तको इपिएस ८.४२ रुपैयाँले बढेको हो।

चैत मसान्तसम्ममा जगेडा कोष ३ करोड ७९ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १३७.६७ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ३८.५६ गुणा छ।

यस अवधिमा लघुवित्तले २१ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा ९३ करोड ५४ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसबाट लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ४५ लाख रुपैयाँ वृद्धि भई ४ करोड १३ लाख रुपैयाँ पुगेको छ। यस्तै लघुवित्तको सञ्चालन नाफा २ करोड ३० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा १ करोड ४५ लाख रुपैयाँ सञ्चालन नाफा वृद्धि भएको हो।

चैत मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.४४ बिन्दुले बढेर २.४० प्रतिशत रहेको छ। खराब कर्जा नोक्सानी ब्यवस्थामा ७१ लाख १९ हजार रुपैयाँ रुपैयाँ छुट्याएको छ भने ३६ लाख ७५ हजार रुपैयाँ खराब कर्जा असुली गरेको छ।

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले २०७६ माघ २१ गते आपसमा मर्जर सम्झौता गरेपछि नयाँ नेपाल लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का छ। सारथी लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।