नेपालमा आज एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको नमूना परीक्षणमा १७ जना थप भएका स्वास्थ्य मन्त्रालयको उच्चस्रोतले पुष्टि गरेको छ। आजै बिहान ५७ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपालमा एकैदिन सबैभन्दा धेरै संक्रमित भेटिएको यो नै पहिलोपटक हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।
यस्तै नेपालमा पहिलोपटक स्वास्थ्यकर्मी र पत्रकारलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।
हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सबै जानकारी आएपछि केहीबेरमा पूर्ण विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
अहिलेसम्म निको भएर घर फर्किनेको संख्या भने ३३ जना छ ।










प्रतिक्रिया