गत आर्थिक वर्षको नाफाबाट लघुवित्तमध्ये सर्वाधिक ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद बाँडेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (NMFBS) ले आफ्नो नाफा पनि बढाउँदै लगेको छ।
लघुवित्तले गत आवको तेस्रो त्रैमासको तुलनामा २२.७६ प्रतिशतले खुद नाफा बढाएको छ। यस अवधिमा कम्पनीले ११ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ। गत चैतमा उसले ९ करोड २७ लाख नाफा कमाएको थियो।
चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५७.४८ रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.४६ रुपैयाँ कम हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी घटेको हो।
लघुवित्तले चैत्र मसान्तसम्ममा १ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ निक्षेप र २ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ सापटीबाट ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लघुवित्तले २२ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ७४ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १४ करोड ५७ लाख रुपैयाँबाट बढेर १८ करोड ६ लाख पुगेको छ।
लघुवित्तको जगेडा कोषमा चुक्ता पूँजी भन्दा केही कम २४ करोड ६४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी हो।
यस अवधिसम्ममा लघुवित्तको खराब कर्जा अनुपा १.५७ प्रतिशतबाट बढेर २. प्रतिशत पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १९३.३३ रुपैयाँ छ।










प्रतिक्रिया