प्रिमियर इन्स्योरेन्सको खुद नाफा १९ करोड

0
Shares

प्रिमियर इन्स्योरेन्स ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा १५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको वार्षिक प्रतिशेयर आम्दानी २३.६३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८४.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.४० गुणा छ।

चैत मसान्तसम्म इस्योरेन्सको जगेडा कोषमा २६ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ५९ करोड ७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा ६० करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ७ करोड ६० लाख रुपैयाँले घटेको हो।

इन्स्योरेन्सको १ लाख ९ हजार ७०९ बीमालेख जारी गरेको छ भने १ अर्ब ३० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
हालसम्म ५ हजार २८५ संख्यामा परेको ७२ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले अझै ३ हजार ७३१ संख्यामा परेको १ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।