हिमालयन हाइड्रोको २२ करोडको आईपिओ जनता क्यापिटल मार्फत बिक्री हुने

0
Shares

हिमालयन हाइड्रोपावर लिमिटेडको साढे २२ करोडको प्राथमिक शेयर (आईपिओ) जनता क्यापिटल मार्फत निष्काशन गर्ने भएको छ।

मंगलबार भएको आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा हाइड्रोका सञ्चालक शिवकृष्ण श्रेष्ठ र क्यापिटलका कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन्।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशनका गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।

कुल निष्काशित २२ लाख ५० हजार कित्ता आईपिओमध्ये ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। १३ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।