लकडाउनमा कडाई काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ गरिने

0
Shares

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । 

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै सडकमा ननिस्कन र निस्किए , मूल सडक र भित्रि सडकमा भीडभाड गरे पक्राउ गर्ने जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मानबहादुर बुढाले जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको जानकारी दिए ।

“काठमाडौंको मूल सडक,भित्रि सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइएकाले त्यसो नगर्नुहुन अनुरोध छ । अन्यथा सुरक्षाकर्मीहरुले प्रचलित कानूनबमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सक्नेछ,” सूचनामा उल्लेख छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको सम्पूर्ण सवारी पास खारेज पनि गरेको छ । निर्माण सामग्री बोकेका सवारी साधनलाई बेलुकी ८ बजेदेखि विहान ६ बजेभित्र मात्र सञ्चालन गर्न पनि सूचित गरिएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार  १८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।