कोरोना संक्रमितको संख्या २६७ पुग्यो, थप ९ जनामा संक्रमण पुष्टि


शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार साँझ पर्सा, उदयपुर, दाङ र काठमाण्डौंका गरि ९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकू, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नौ जना संक्रमित थपिएका हुन् ।

थप विबरण यहाँ हेर्नुहोस् ।