नेपालमा कोरोना संक्रमित २७६ पुगे, कपिलवस्तुका थप ३ जनामा पुष्टि

0
Shares

नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या २७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको हो।

प्रादेशिक जनस्वास्थ प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कपिलवस्तुका २५,३४ र ४४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस अघि आजै विहान थप ६ जनामा कोरोना पुष्टि भएको थियो ।  संक्रमितहरु वर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवन निवासी रहेका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।