
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष एवं विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले कोभिड १९ पश्चात लघुवित्त संस्थाहरुमा थप जोखिममा परेको बताएका छन्।
नोट बजार प्रालिद्धारा सञ्चालित नोटबजार डटकमले बैंक तथा वित्तीय संस्थाको अहिलेको अवस्थाको विषयलाई लिएर सम्बद्ध पक्षसँग ‘नीति तथा कार्यक्रमको समीक्षा र बैंक वित्तीय संस्थाका साथै समग्र अर्थतन्त्र सुधारका लागि आगामी बजेटका प्राथमिकता’ विषययक भर्चुअल अन्तरकृयामा लघुवित्त बैंकर्स संघका तर्फबाट आफ्नो धारण राख्दै सो बताएका हुन्।
संघका अध्यक्ष लस्मालले सरकारले लघुवित्तलाई फ्याटमा ३ प्रतिशत छुट दिनुपर्ने भनेको र लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरुबाट लिने सापटी रकममा बेस रेटमा नघट्नेगरि २ प्रतिशत छुट दिनुपर्ने भएपनित्यो वास्तविक रुपमा १.५ प्रतिशत मात्र हुने भएकाले ६० प्रतिशत माथि सापटीबाट बिना धितो कर्जा प्रवाह गर्नुपर्ने संस्थाहरुलाई आफैँ थप जोखिमा पर्नसक्ने सम्भावना औंल्याए।
अहिले अवस्थामा लघुवित्त आफैँले बच्न गाह्रो अवस्था रहेकोले ब्याज छुटमा सरकारले नै सम्बोधन गरिदिन आफुहरुले अर्थमन्त्रालयमा सुझाव दिएको पनि उनले बताए।
उनले भने ‘हाल लघुवित्त संस्थाहरुमा कूल ४६ लाख आबद्ध रहेकोमा २९ लाख ऋणी छन्। भोलिको ब्यापार कस्तो हुने थाहा छैन, बिना धितोमा कर्जा प्रवाह गर्नुपर्ने लघुवित्त संस्थाहरु अझ जोखिममा रहेका छन्। लघुवित्त कम्पनीहरुलाई राज्यको तर्फबाट राहत हुनुपर्यो।’
सरकारले अति विपन्न वर्गमा प्रवाह हुने कर्जा र लघुवित्त संस्थाहरुलाई समेत बचाउन आवश्यक पर्ने रात ल्याउन आग्रह गर्दै विदेशबाट फर्केका नागरिकलाई आबद्ध हुने कार्यक्रमहरु राज्यले ल्याएको खण्डमा लघुवित्त कम्पनीहरु सहकार्य गर्न तयार रहेको उनले बताए।
भर्चुअल अन्तरकृयाको नोटबजार डटकम, युट्युब च्यानलमा तथा नोटबजारको फेसबुक पेजमा पनि प्रत्यक्ष प्रशारण गरिएको छ।












प्रतिक्रिया